खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपालिकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।
स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र डुम्रेधारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।
क्याटलग/ब्रोसर सपिङ्ग विधिवाट ट्रान्ट्सफरमर खरिद सम्वन्धी सिलवन्दी प्रस्ताव आव्हानको सूचना
रावा बेसी गाउँपालिकाले आगलागी पीडित राजबहादुर राईको परिवारलाई राहत उपलब्ध गराएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा सर्वस्व गुमाएका वडा नम्बर–४ डुमे्रधारापानीस्थित गैरीटोलका राई परिवारलाई अध्यक्ष लिलानाथ निरौलाले नगद सहिद खाद्यान्न वितरण गर्नुभएको झलकहरु
रावा बेसी गाउँपालिकाको गौंरवको योजना लिफ्टङ खानेपानि रावा बेसी गाउँपालिका अध्यक्ष श्री लिलानाथ निरौला ज्युवाट उद्घाटन मिति २०७७/०४/२३भएको छ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ खानेपानी योजना सञ्चालनमा ल्याइएको छ ।
योजना अनुगमन तथा उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष, वडा नं. ६ का वडाध्यक्ष, समाजसेवि एवम् बुद्धिजिवी रावा बेसी गाउँपालिकाको वडा नं. ६ हौंचुरको पोखरीमा
अनुगमन रावा बेसी गा पा ४ डुम्रेधारापानी
दुधकोशि जलशाय युत्त जलबिद्युत आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम रावा बेसी गा पा ३ लामिडाँडा रबुवा
रावाबेसी गाउँपालिका वडा नं १ दम्कु कुभिण्डे सडक सिल्यानास गर्नु हुदै १ नं प्रदेश सभा सदस्य माननिय राजन राई
रावा बेसी गाउँपालिका वडा न १ निगाले जौबारी नुनथला सडक उद्घाटन गर्नुहुदै १ न प्रदेश सभा सदस्य राजन राई
रावा बेसी गाउँपालिकाको एक मात्र पर्यटकीय क्षेत्र वडा न ४