FAQs Complain Problems

रावा बेसी - ४ डुम्रेधारापानी स्थित गुम्बा

Read More

गाउँपालिकाको प्रशासकीय भवन

Read More

रावा खोला पुल

Read More

रावा बेसी गाउँपालिकाको संक्षिप्त परिचय

भौगोलिक अवस्थिति

खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका  हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपालिकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।

स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र डुम्रेधारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।

 

रावाबेसी गाउँपालिका खोटाङ जिल्लाको उत्तर पश्चिमी भागमा पर्दछ । यसको नाम पहिले लामिडाँडा गाउँपालिका र केन्द्र साविक खार्पा गाविसको कार्यालयमा रहेको थियो । हाल यसलाई परिवर्तन गरी नाम रावबेसी गाउँपालिका र केन्द्र साविक कुभिन्डेको हरमटारमा सारिएको छ । रावाबेसी गाउँपालिकामा सडकमार्ग र हवाइ मार्ग दुवै किसिमले पुग्न सकिन्छ । लामिडाँडा विमानस्थलमा राजधानी काठमाण्डौबाट सिधा हवाइ सम्पर्क रहेको छ भने सगरमाथा राजमार्ग हुँदै जिल्लाको सदरमुकाम जाने क्रममा मौरेगढी भन्ने ठाउँमा मध्यपहाडी राजमार्गलाई भेट्दछ । यस गाउँपालिकाको ा वडा नम्बर १, २ र ३ को दक्षिणी सिरानबाट करिब १५ किलोमिटर क्षेत्र मध्यपहाडी राजमार्गले कहीँ छुँदै र कहीं नजिकबाट जिल्लाको सदरमुकाम दिक्तेलतर्फ अगाडि बढ्दछ । लामिडाँडा विमानस्थल जिल्लाको सबै भन्दा पुरानो विमानासथल हो । विमानस्थलबाट करिब पाँच किलोमिटर उत्तरपश्चिम  झरेपछि दुघकोशी नदी पुग्न सकिन्छ । जुन नदीमा ६३० मेघावाटको दूधकोशी जलाशययुक्त आयोजना बन्ने क्रममा रहेको छ ।

यहाँको वडा नम्बर ३ मा अवस्थित लामिडाँडा विमानास्थलबाट करिब १५ किलोमिटर मोटरबाटोबाट प्रसिद्ध तिर्थस्थल हलेसी महादेवको मन्दिर पुग्न सकिन्छ । यद्यपि हलेसी महादेव मन्दिर छिमेकी हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित छ ।

यस गाउँपालिकाको भू–उपयोगको अवस्थामा अधिकांश भूभाग कृषि क्षेत्र र वनले ओगटेको छ । यस गाउँपालिकाको जनसङ्ख्या १३३६९ (वि.सं.२०६८को जनगणना) जना रहेको छ । यसको क्षेत्रफल ९७.४४ वर्ग कि.मि. रहेको छ । यहाँको जनघनत्व १३७ जना जनसंख्या प्रतिवर्ग किलोमिटर रहेको छ, जुन जिल्लाको जनघनत्वभन्दा बढी हो । खोटाङ जिल्लाको जनघनत्व १२९.६७ जना प्रतिवर्ग किलोमिटर रहेको छ । यस आधारमा विश्लेषण गर्दा रावाबेसी गाउँपालिका खोटाङ जिल्लाका दश स्थानीय तहहरूमध्ये दोस्रो सानो स्थानीय तह हो । जनसंख्या र क्षेत्रफल दुवैमा सबैभन्दा सानो साकेला गाउँपालिका हो भने दुवै आधारमा दोस्रो सानो गाउँपालिका हो रावाबेसी ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
फटिक कुमार श्रेष्ठ
9803850352/9852855111
उपाध्यक्ष
कौशिला कुमारी गुरुङ
९८४२१३८४११/9852856111

पदाधिकारीहरु

प्रमुख प्रशासकीय अधिकृत
9852857111
अधिकृत छैटौं
9852859111