रावा बेसी गाउँपालिकाको संक्षिप्त परिचय

भौगोलिक अवस्थिति

खोटाङ जिल्लाका दशवटा स्थानीय तहका आठ वटा गाउँपालिकाहरूमध्ये एक रावाबेसी गाउँपालिका  हो । जिल्लाको उत्तरी भागमा अवस्थित रावाबेसी गाउँपालिकाको केन्द्र साविक लामिडाँडा गाउँपालिका भई खार्पा केन्द्र रहेको थियो । यो जिल्लाको सदरमुकाम दिक्तेलभन्दा करिब १३ किलोमिटर उत्तरतर्फ पर्दछ । रावाबेसी गाउँपालिका नक्सामा हेर्दा उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ लाम्चो परी बसेको छ । यस पालिकाका दुई वटा वडाहरू वडा नम्बर ४ र ५ उत्तरबाट दक्षिण रावाखोला तर्फ ढल्केका छन् भने बाँकी सबै वडाहरूमा वडा नम्बर ६ पूर्वदक्षिणबाट उत्तर रावाखोला तर्फ ढल्किएको छ भने क्रमशः वडा नम्बर १,२ र ३ दक्षिणतर्फबाट उत्तरपश्चिम ढल्किएका छन् । यसरी हेर्दा यस गाउँपािलकाका सबै वडाहरू रावाखोलालाई बीचमा पारी आम्नेसाम्ने रहेका छन् । वडा नम्बर ३ को उत्तर पश्चिमी भाग दूधकोशी नदीतर्फ ढल्किएको छ ।

स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार कुभिण्डे, खार्पा, हौचूर, लामिडाँडा,दूबेकोल र धारापानी गरी छ वटा गाउँ विकास समितिहरूका सम्पूर्ण वडाहरूलाई मिलाएर गठन गरिएको हो । यसमा छ वटा पूर्व गाविसहरू छ वटा वडाहरूमा रूपान्तरण भएर सिङ्गो गाउँपालिका गठन भएको देखिन्छ ।

रावाबेसी गाउँपालिका खोटाङ जिल्लाको उत्तर पश्चिमी भागमा पर्दछ । यसको नाम पहिले लामिडाँडा गाउँपालिका र केन्द्र साविक खार्पा गाविसको कार्यालयमा रहेको थियो । हाल यसलाई परिवर्तन गरी नाम रावबेसी गाउँपालिका र केन्द्र साविक कुभिन्डेको हरमटारमा सारिएको छ । रावाबेसी गाउँपालिकामा सडकमार्ग र हवाइ मार्ग दुवै किसिमले पुग्न सकिन्छ । लामिडाँडा विमानस्थलमा राजधानी काठमाण्डौबाट सिधा हवाइ सम्पर्क रहेको छ भने सगरमाथा राजमार्ग हुँदै जिल्लाको सदरमुकाम जाने क्रममा मौरेगढी भन्ने ठाउँमा मध्यपहाडी राजमार्गलाई भेट्दछ । यस गाउँपालिकाको ा वडा नम्बर १, २ र ३ को दक्षिणी सिरानबाट करिब १५ किलोमिटर क्षेत्र मध्यपहाडी राजमार्गले कहीँ छुँदै र कहीं नजिकबाट जिल्लाको सदरमुकाम दिक्तेलतर्फ अगाडि बढ्दछ । लामिडाँडा विमानस्थल जिल्लाको सबै भन्दा पुरानो विमानासथल हो । विमानस्थलबाट करिब पाँच किलोमिटर उत्तरपश्चिम  झरेपछि दुघकोशी नदी पुग्न सकिन्छ । जुन नदीमा ६३० मेघावाटको दूधकोशी जलाशययुक्त आयोजना बन्ने क्रममा रहेको छ ।

यहाँको वडा नम्बर ३ मा अवस्थित लामिडाँडा विमानास्थलबाट करिब १५ किलोमिटर मोटरबाटोबाट प्रसिद्ध तिर्थस्थल हलेसी महादेवको मन्दिर पुग्न सकिन्छ । यद्यपि हलेसी महादेव मन्दिर छिमेकी हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित छ ।

यस गाउँपालिकाको भू–उपयोगको अवस्थामा अधिकांश भूभाग कृषि क्षेत्र र वनले ओगटेको छ । यस गाउँपालिकाको जनसङ्ख्या १३३६९ (वि.सं.२०६८को जनगणना) जना रहेको छ । यसको क्षेत्रफल ९७.४४ वर्ग कि.मि. रहेको छ । यहाँको जनघनत्व १३७ जना जनसंख्या प्रतिवर्ग किलोमिटर रहेको छ, जुन जिल्लाको जनघनत्वभन्दा बढी हो । खोटाङ जिल्लाको जनघनत्व १२९.६७ जना प्रतिवर्ग किलोमिटर रहेको छ । यस आधारमा विश्लेषण गर्दा रावाबेसी गाउँपालिका खोटाङ जिल्लाका दश स्थानीय तहहरूमध्ये दोस्रो सानो स्थानीय तह हो । जनसंख्या र क्षेत्रफल दुवैमा सबैभन्दा सानो साकेला गाउँपालिका हो भने दुवै आधारमा दोस्रो सानो गाउँपालिका हो रावाबेसी ।

यो गाउँपालिका जिल्लाको उत्तरपश्चिमी भूभागमा रहेको छ । पूर्वमा रुपाकोट मझुवागढी नगरपालिका, दक्षिणमा हलेसी तुवाचुङ नगरपालिका र उत्तरमा ऐंसेलुखर्क गाउँपालिकाको न्यानो काखमा रहेको यस गाउँपालिकाको पश्चिमतिरबाट दूधकोशी नदीको चीसो हावा बहने गर्दछ  । दूधकोशीपारि ओखलढुङ्गा जिल्ला पर्दछ । रावाबेसी गाउँपालिकाले खोटाङ जिल्लाको कुल जनसंख्या २०६३१२ (वि.सं.२०६८) को ६.४८ प्रतिशत अंश र कुल क्षेत्रफल १५९१ वर्ग किलोमिटरको ६.१२ प्रतिशत भूभाग ओगटेको छ ।

अवस्थिति, हावापानी र तापक्रम

रावाबेसी गाउँपालिका विश्व मानचित्रमा अक्षांशको हिसाबले २७ डिग्री १६ फुट उत्तरी अक्षांशदेखि २७ डिग्री २७ फूट उत्तरी अक्षांशसम्म तथा ८६ डिग्री ४२ फूट पुर्वी देशान्तरदेखि ८६ डिग्री ७० फूट पूर्वी देशान्तरसम्म फैलिएको छ । यो समुद्री सतहबाट ७७१ मिटरदेखि १३८६ मीटर भन्दा बढी उचाइमा रहेको छ । यस नगरपालिमा हिउँदमा तापक्रम निकै कम हुने गर्दछ भने वर्षा याममा तल्लो भेगमा निक्कै गर्मी हुने गरेको छ । वर्षा याममा ज्यादा वर्षा हुन्छ र हिउँदमा कम वर्षा हुने गर्दछ । यस रावाबेसी गाउँपालिकाको हावापानी समशितोष्ण रहेको छ ।

 
 नदीनाला र ताल

रावाबेसी गाउँपालिका भएर बग्ने मुख्य नदी दूधकोशी र रावखोला हो । दूधकोशी सप्तकोशी नदीको सात मध्येको एक सहायक नदी हो । यो नदी दूध कुण्डबाट सुरु भई दक्षिणतर्फ झर्छ । यस बाहेक यस गाउँपालिकामा जुगे, जुके, हौँचुर,रावाखोला, कल्लेरी, कस्तुरी, ह्वाङ, दुबे, ढुङ्ग्रे आदि खोलाहरू रहेका छन् । यी नदीहरूका कारण वर्षादको समयमा आसपासका मानिसहरूमा बाढी, पहिरो र कटानको समस्या देखिने गरेको छ । यिनीहरू वर्षाद सकिएपछि विस्तारै सामान्य बन्न पुग्छन् ।

 वन जङ्गल र वन्यजन्तु

रावाबेसी गाउँपालिका वन जङ्गलका दृष्टिले सम्पन्न छ । यो गाउँपालिकामा करिब अढाई दर्जन सामुदायिक वन र धेरै संरक्षित वनको क्षेत्र पनि रहेको छ । यहाँ साल, खयर, पात्ले,ठूलो पात्ले,चिलाउने, उत्तीस, चाँप, खोल्मे, कटमिरो, केसरी, चोथ्रो, फलौटे, नसी, बराठ, सल्लो, ठिङ्ग्रे सल्लो, गोगुन, बढहर, पटमिरो,  धुर्बिस, असारे, बर, काभ्रो, खन्यू, गायो, सिमली, कटुस, भोर्ला जस्ता वनस्पतिहरू पाइन्छन् ।

रावाबेसी गाउँपालिका क्षेत्रको वनमा बाघ, चितुवा, दुर्लभ प्रजातिको सालक, खरायो, दुम्सी,स्याल, लोखर्के, मृग, दुम्सी,बाघ, वनढाडे, धोरल, सालक, गोहोरो, ढँेडु बाँदर, हनुमान बाँदर जस्ता जंगली जनावरहरू एवम् काग, कालिज, ढुकुर, रूपी, लुइँचे, भँगेरा, गौथली, बट्टाइ, भ्याकुर, पिउरा, फिस्टा,चाँचर, रानीचरी, लामपुच्छ्रे, कोकले, हलेसो, न्याउली, हरीचरी जस्ता चराचुरुङ्गीहरू र झ्याउँकिरी, जुनकीरी जस्ता अनेकौ प्रकारका किटपतंङ्गहरू पाइन्छन् । यहाँका खोलामा असला, बुदुना, बुहारी लगायत विभिन्न प्रकारका माछाका साथमा कछुवा र विभिन्न प्रकारको भ्यागुता र अन्य जलचर प्राणी पनि पाइन्छन् । पुतली, कमिला, धमिरा, कीरा, फट्याङ्ग्रा, कित्थ्रा, घुन, साप, छेपारो, भालेमुङ्ग्रो, लाभ्रे झुसिल्कीरा, गँगटो, पाहा, विच्छी,चिप्लेकीरा, खजुरो, अरिमठे,मौरी, अरिङ्गाल, बारुलो, माकुरा  र अन्य प्रकारका किरामिराका पाइन्छन् । त्यसैगरी यहाँ ठूलोओखती, पाखनवेद, चिराइतो, मजिटो, सतुवा, चिम्फिङ, हडचुर, बोझो, टिम्मुर, सिलटिम्मुर, तितेपाती, कुरिलो, राजगान्टे, पाँचऔले, वनमारा, ततिेपातीका साथमा अनेक प्रकारका जडिबूटी पनि पाइने गर्दछन् । यसरी रावाबेसी गाउँपालिका जीवजन्तु र वनस्पतकिा दृष्टिले सम्पन्न छ । यहाँ लेकमा र बेंसी दुवै क्षेत्रमा पाइने जीव र वनस्पति पाइने भएकोले यहाँको जस्तो जैविक विविधता अन्यत्र पाउन सकिन्न । जैविक विविधताको दृष्टिले पनि रावाबेसी गाउँपालिका निक्कै धनी रहेको दावी गर्न सकिन्छ ।

ऐतिहासिक पृष्ठभूमि

राज्यको पुनर्संरचना हुँदा यस गाउँपालिकाको नाम लामिडाँडा राखिएको थियो । यो गाउँपालिकाको नाम साविक लामिडाँडा गाविसमा अवस्थित लामिडाँडा विमानास्थलको नामबाट राखिएको हो । वि.सं.२०७३ फागुन २६ गते मन्त्रिपरिषदको निर्णयबाट सदर गर्दै लामिडाँडा गाउँपालिका नामकरण गरिएको हो । तर, तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम नयाँ नेतृत्व चयन भएर आएपछिको मिति २०७४ असार २५ गते भएको पहिलो गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरी रावाबेसी राख्ने र केन्द्र खार्पाबाट कुभेन्डेबेसी सार्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यस निर्णयलाई मिति २०७४ पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले अनुमोदन गरेको थियो । यद्यपि त्यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । गाउँपालिकाको नाम रावाबेसी स्थानीय रावाखोलाको नामबाट राखिएको हो । रावाखोलाको बेसीमा अवस्थित भूभागमा रहेका साविकका छ वटै गाविसहरू समेटेर यो गाउँपालिका बनेको हुनाले यसको नाम रावाबेसी नै राख्नु उपयुक्त हुने निर्णय पहिलो गाउँसभाले गरेको हो । त्यसैले राज्यको पुनर्संरचना आयोगले लामिडाँडा गाउँपालिका भनी गरेको नामाकरण स्थानीय शासन ऐन २०७४ को अधिकार प्रयोग गरी मिति २०७४।०३।२५ को गाउँसभाबाट निर्णय भई मिति २०७४।०९।२४ गतेको मन्त्रीपरिषण्दको निर्णयबाट सदर भएको हुनले यस गाउँपालिकाको नाम रावाबेसी रहन गएको पाइन्छ ।

यो भूभाग एकीकरण गरी बृहद नेपाल बनाउनुपूर्व, दुधकोशीदेखि अरुणसम्म किराँतीहरूको बस्ती भएकोले यो क्षेत्र माझकिराँत वा खम्वुवान क्षेत्रको नामले प्रसिद्ध थियो । यो भूभागको मुख्य प्रशासन चौदण्डीगढीका सेनवंशी राजाबाट सञ्चालित थियो । पहाडका ससाना गढी र थुमहरूमा किराँती राजाहरूले राज्य गर्दथे । चौदण्डीगढीका सेन राजाकै शासनकालमा खोटाङमा राईलाई स्वशासन दिएको थियो । विभिन्न समयमा किराँती राजा र सेन राजाबीच मतभेद र कलह भइरन्थ्यो । यसको फाइदा उठाई पृथ्वीनारायण शाहले नेपालको एकीकरणको समयमा यो क्षेत्रमाथि विजय हाँसिल गरेर एकीकृत नेपालको भूभागभित्र समेटिएको थियो ।

राणाकालीन समयमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो । यस समयमा हालको खोटाङको विच भागमा पर्ने साप्सु खोलाको सिमाना बनाई पूर्व ३ नम्वर र पूर्व ४ नम्वर क्षेत्रको ओखलढुङ्गा र भोजपुर गौडाले शासन गर्दथ्यो । स्थानीय तहमा भने मझुवा, आमचोक, खोटाङ, छुलुवार, सावा, दिप्लुङ, चुइचुम्मा, रतन्छा, खाम्तेल, हलेशी र रावाथुम प्रशासनिक एकाई कायम थियो । विशाल क्षेत्र भएकोले साप्सु दक्षिणमा खोटाङ इलाका अदालत र ऐसेलुखर्क इलाका अदालत स्थापना गरी न्याय प्रशासनका अतिरिक्त जग्गा रजिस्ट्रेशनको काम पनि गर्न थालियो।

बिसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिँदा तत्कालीन खोटाङद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने र रावापारिका क्षेत्र सोलुखुम्बुले हेर्ने र बाँकी क्षेत्र खोटाङले हेर्नेगरी खोटाङ बजारलाई सदरमुकाम बनाएर खोटाङलाई छुट्टै जिल्ला कायम गरियो । त्यसबेला यस जिल्लाको मध्य भागबाट बहने साप्सुखोलादेखि उत्तरतर्फ २३ गाउँ पञ्चायत र दक्षिणतर्फ २२ गाउँ पञ्चायत रहेका थिए । तत्कालीन संविधान बमोजिम एक गाउँ पञ्चायतबाट एक जना जिल्ला सभा सदस्य चुनिन पाउने कानुनी प्राबधान थियो । जिल्ला सभामा स्वतःः साप्सु उत्तरको बहुमत रह्यो । तत्कालीन पहिलो जिल्ला सभाको बैठकले नै खोटाङमा रहेको सरकारी अड्डा अदालत दिक्तेलमा स्थानान्तरण गर्न सरकारसँग माग गर्ने बहुमतले निर्णय ग¥‍यो । खोटाङमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम वि.सं. २०२० मा दिक्तेलमा सारी विधिवत रूपमा खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा कायम गरियो । वि.सं.२०२२ मा तत्कालीन पञ्चायती सरकारले खोटाङ अदालत दिक्तेलमा र ऐसेलुखर्क अदालत सोलुसल्लेरीमा सार्ने निर्णय गर्यो ।  तत्पश्चात खोलिएका कार्यालयहरू क्रमशः दिक्तेलमा नै स्थापना भएका हुन ्।

नेपालको संविधान तेस्रो संसोधन २०३२ले खोटाङको सिमाना पुनः हेरफेर गरी भोजपुर जिल्लाका वोपुङ, भञ्ज्याङखर्क, काहुले तथा सोलु जिल्लाको बाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुबे, माक्पा, बाङ्देल, राखा, ऐसेलुखर्क, बादेल, दिप्सुङ, लगायत पन्ध्र गाउँ पञ्चायत खोटाङ्गमा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो । यसरी बिस्तार भएको क्षेत्र नै हालसम्मको खोटाङ जिल्लाका रूपमा कायम रहेको छ ।

खोटाङ जिल्लाको नामाकरण

कुनै समय यो भूभाग किराँती राजा “खोटे“ द्वारा शासित कोटको रूपमा थियो । उनकै नामबाट खोटाङकोट हँुदै “खोटाङ“ नाम रहन गएको किम्बदन्ती छ । अर्को एक जनश्रुति अनुसार हाल खोटाङ बजार रहेको स्थान वरपर प्रशस्त खोटे सल्लाहरू पाइने हुनाले यस क्षेत्रलाई खुटा भन्न थालियो । खुटा क्षेत्रले त्यसबेला हालको खुटा भन्ने स्थान मात्र नभएर अरु बढी क्षेत्र ओगटेको थियो । यस क्षेत्रमा त्यसवेला “हाङ“ नाम गरेका प्रतापी राजाले राज्य गर्दथे । उनकै नामबाट पछि “खुटाका हाङ“ राजा भन्दै “खुटाहाङ“ र अन्त्यमा “खोटाङ्ग“ शव्दको उत्पति भई यस जिल्लाको नाम “खोटाङ“ रहन गएको भन्ने भनाइ पनि रहेको छ ।

एकीकरणपछि किरात राज्यलाई तीनवटा राज्यमा विभाजन गरिएकोमा खोटाङ जिल्ला पल्लो किरात अन्तरगत पर्दथ्यो । किरातकालमा गढी र कोट भनी दरबार क्षेत्रलाई भनिन्थ्यो । यस जिल्लामा पनि हटियागढी, लोहाकोट आदि स्थानहरू रहेकाले राजदरबार रहेको प्रमाण पुग्छ । अन्नपानी र हतियार भण्डारण गर्ने स्थानलाई गोला भनिन्थ्यो ।

वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेसँगै यो भूभाग पनि बृहत्तर नेपालमा गाभिएको पाइन्छ । वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै रावाबेसी गाउँपालिकाले ओगटेको क्षेत्र खोटाङ जिल्लाको पश्चिमी अर्थात सीमावर्ती भागका रुपमा रहन पुग्यो । जसलाई नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा वि.सं. २०७३ फागुनमा ६ वटा गाउँ विकास समितिहरूको भूभागलाई समेटेर ६ वटा वडाहरू भएको लामिडाँडा गाउँपािलका नामाकरण भएको थियो । जसरी जिल्लाको सदरमुकाम खोटाङबाट दिक्तेल स¥यो त्यसैगरी यसको केन्द्र र नाम पहिलो गाउँसभाको निर्णयले गाउँपालिकाको नाम रावाबेसी गाउँपालिका र केन्द्र कुभिण्डेबेसी कायम हुन गएको हो ।

 राजनैतिक विभाजन

रावाबेसी गाउँपालिका वि.सं. २०७३ मा गठन भएको हो । राज्यको पुनर्संरचनाको अभियान चलिरहेको बेला पछिल्लो समयमा स्थानीय निकाय पुनर्संरचना आयोगले रावाबेसी गाउँपालिका कायम गरिदिएको हो । यसप्रकार हालको भौगोलिक आकार र जनसंख्याको रावाबेसी गाउँपालिका स्थानीय निकाय पुनर्संरचना आयोगको सिफारिसमा नेपाल सरकारबाट स्वीकृत प्राप्त रहेको छ ।

रावाबेसी गाउँपालिका नक्सामा पूर्वदक्षिणबाट सुरु भई फैलिएर उत्तरपूर्व कोणतिर ढल्किएको देखिन्छ ।

राज्यको पुनर्संरचनापछि पहिलो पल्ट वि.सं. २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन सम्पन्न भई श्री लिलानाथ निरौलाज्यू अध्यक्ष, श्री समला राईज्यू उपाध्यक्ष सहित १५ सदस्यीय गाउँ कार्यपालिका गठन भई कार्यसञ्चालन भइरहेको छ । साविक गाउँ विकास समितिहरूका ६ वटा वडाहरू रूपान्तरित भई बनेको गाउँपालिकाको नेतृत्वले मिति २०७४ असार १८ गते शपथ ग्रहण गरी कामको जिम्मेवारी लिएको पाइन्छ ।

 संभावना, अवसर र चुनौतीहरू

खोटाङको रावाबेसी गाउँपालिकाको जनघनत्व खोटाङ जिल्लाको औसत भन्दा बढी छ । अर्थात, यस गाउँपालिकाको जनघनत्व १३७ जना जनसंख्या प्रतिवर्ग किलोमिटर रहेको छ जबकि खोटाङ जिल्लाको जनघनत्व १२९.६७ जना प्रतिवर्ग किलोमिटर रहेको छ । यस आधारमा विश्लेषण गर्दा रावाबेसी गाउँपालिका खोटाङ जिल्लाका दश स्थानीय तहहरूमध्ये दोस्रो सानो स्थानीय तह हो । जनसंख्या र क्षेत्रफल दुवैमा सबैभन्दा सानो साकेला गाउँपालिका हो भने दोस्रो सानो गाउँपालिका रावाबेसी हो । यो गाउँपालिका जिल्लाको उत्तरपश्चिमी भूभागमा रहेको छ । यस गाउँपालिकाको केन्द्र उत्तर दक्षिण खोटाङ जिल्लाको सदरमुकाम जाने र मध्ये पहाडी राजमार्गदेखि ९ किलोमिटर दुरीमा पर्दछ । त्यस पहाडी मार्गबाट ओखलढुङ्गा, भोजपुर, तेह्रथुम हुँदै व्यापार गर्न र कोशी राजमार्गसँगै बनिरहेको जोगबनी किमाथाङ्का सडकसँग जोडिने संभावना छ । त्यसैगरी सोही मार्गबाट सगरमाथा राजमार्गसँग र सिन्धुलीको खुर्कोट हुँदै संघीय राजधानीसँग सिधा सम्पर्क हुनसक्ने संभावना छ । अझै गजबको करा त यही गाउँपालिकामा लामिडाँडा विमानास्थल छ । जसले यस गाउँपालिकालाई सिधै संघीय राजधानी काठमाण्डौ र प्रदेश राजधानी विराटनगरसँग जोड्ने कडीको काम गरिरहेको छ ।

यस गाउँपालिकाको आयको मुख्य सम्भावना वा अवसर नै कृषि उत्पादन, वन पैदावर, जरिबुटी, घरेलु उद्योग र व्यापार हो । कृषि र अन्य प्रकारका बजारको संभावना पनि रहेको छ । कृषि पेशामा संलग्न मानिसहरू प्रशस्त छन्, यहाँको माटो उर्वर छ । ता पनि यस गाउँपालिकामा अन्न खेतीको साथै मौसमी र बेमौसमी अर्गानिक तरकारी खेतीको प्रबल संभावना रहेको छ । हाल, भइरहेको निर्वाहमुखी खेतीलाई व्यवसायमूलक बनाउने हो भने यहांँका मानिसहरूको जीवनस्तर उकास्न धेरै समय पर्खनुपर्दैन । हाल बजारमा बढ्दो विषादीयुक्त तरकारीले मानिसहरूको स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको छ । मानिसहरू अलिकति बढी मूल्य तिरेर भए पनि अग्र्यानिक मलद्वारा उत्पादित वस्तुहरूको खोजीमा छन् । जसका लागि भरपर्दो अग्र्यानिक वस्तु उत्पादक कृषक समूह वा संस्थाहरू यसमा लाग्नु जरूरी देखिन्छ । त्यसैले बजारलाई लक्षित गरेर कृषि र अन्य उत्पादन गर्न सक्दा यस गाउँपालिकाको समृद्धिका लागि प्रशस्त संभावनाहरू रहेको पाउन सकिन्छ ।

खोटाङको रावाबेसी गाउँपालिकामा घरेलु तथा साना उद्योगहरूको सम्भावना पनि प्रशस्त रहेको छ । ठूला उद्योगहरू भौगोलिक कारणले त्यति अनुकूल नहुने भएकाले पनि यहाँ साना तथा घरेलु उद्योगको संभावना बढी रहेको अनुमान गर्न सकिन्छ । घरेलु उद्योगबाट सानो लगानीमा सामग्रीहरू उत्पादन गरेमा बिक्रीका लागि बजारको कुनै अभाव हुनेछैन । स्थानीय सीप र प्रविधिमा आधारित उत्पादनको माग हाल आएर बढ्दै गइरहेको छ । गुणस्तरयुक्त वस्तुहरूले राम्रैगरी बजार पाउँछन् । यहाँका मानिसहरू निगुरो, सालको पात, भोर्लाको डोरी, नाम्लो, बाँसका विभिन्न सामग्रीहरू बनाउने चोयाबाट डोको, डालो, भकारी, खुँगी बनाउने सीप राख्दछन् । बजार पनि नजिकमा पर्ने हुनाले यस स्थानमा यस्ता उद्योगहरू फस्टाउन सक्ने देखिन्छ । पूर्वमा नाम चलेको हिङ्वा यही गाउँपालिकामा उत्पादन हुन्छ । यहाँ  त्यस प्रकारका अन्य उद्योगहरू सञ्चालन गर्ने संभावना प्रशस्त छ । यहाँको पोखरी, पुराना धार्मिक, सांस्कृतिक महत्वका स्थानहरूलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गरी नगरको आम्दानी वृद्धि गर्ने नयाँ स्रोत बन्न सक्ने संभावना रहेको छ । साथै, यी क्षेत्रहरूलाई मानिसहरूको भेषभूषा, चाड पर्व जस्ता सांस्कृतिक पक्षको विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने संभावना पनि छँदैछ । त्यसैगरी दुधकोशी नदीमा बन्न लागेको दूधकोशी जलाशययुक्त जल विद्याुत आयोजना यही गाउँपालिकाको वडा नम्बर ३ लामिडाँडा र ओखलढुंगा चिसंखुगढी गाउँपालिकाको भदौरेमा  क्षेत्रमा पर्दछ । यसबाट स्थानीय जनताको रोजगारीको अवसर सिर्जना हुनुका साथै पर्यटकलाई आकर्षित गर्न र गाउँपािलकाको आयस्रोत वृद्धिका लागि यो आयोजना महत्वपूर्ण हुनसक्ने संभावना रहेको छ ।

यस गाउँपालिकामा व्यापार व्यवसायका साथसाथै कृषि र पशुपालन गर्ने कार्यलाई पनि महत्व दिन सकिन्छ । पहिले प्रायः सबै घरमा पशुपालन गरिन्थ्यो । तर, पहिले व्यक्तिगत रूचि र आवश्यकता पुर्तिका लागि मात्र पशुपालन नगरेर व्यावसयिक उद्देश्यले गर्न आवश्यक छ । यसका साथै यस गाउँपालिका क्षेत्रमा रहेका खाली ऐलानी पर्ति जमिनहरूमा वृक्षरोपण गरी पार्कहरूको रूपमा विकास गरेको खण्डमा यस भेगको सुन्दरतामा वृद्धि हुन गई आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सकिने संभावना रहेको छ । आधुनिक तथा वैज्ञानिक ढङ्गले पशुपालन गरी पशुजन्य वस्तु उत्पादन बढाई नगरलाई सम्पन्न गर्न सकिने सम्भावना पनि छ । अब गाउँपालिकाले स्वायत निकायको रूपमा आफ्नै पहलमा आर्थिक स्रोत पहिचान गरी आम्दानी बढाउन सक्ने भएकोले केन्द्रीय बजेटको साथसाथै स्थानीय आम्दानीबाट समेत गरी विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिने प्रशस्त संभावना रहेको छ ।

यहाँ भविष्यमा आँप, किवी, एभोकाडो र स्याउ खेती गर्नका लागि उचित मौसम रहेको छ । यसको व्यापक खेती गरेर जुस उत्पादन गर्न सक्ने संभावना छ । त्यति मात्र होइन, केरा,रुख कटहर, भुईकटहर, लिचि, चुथ्रो, केसरी ऐसेलु पनि प्रशस्त हुने भएकोले यिनीहरूको खेती गरी जुस उत्पादनको योजना बनाउन सकिन्छ । यहाँ हाते मेसिन राखेर पहाडे कागज उत्पादन गर्ने अवसर पनि प्रशस्त रहेको पाइन्छ । त्यस्तै वृहद पशुपालन गरी माशु उत्पादन गर्ने वा ठण्डा  कलकल पानीमा ट्राउट जस्ता उन्नत जातका माछा पालेर आम्दानी बढाउने संभावना पनि त्यतिकै मात्रामा रहेको छ ।

रावाबेसीका पर्यटकीय क्षेत्रहरू

रावाबेसी गाउँपालिकामा लामिडाँडा विमानास्थल, बिजुले तथा दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना पर्यटकीय स्थलका रूपमा रहेका छन् भने यहाँ ऐतिहासिक गढी रहेको छ । 

 लामिडाँडा विमानास्थलः- लामिडाँडा विमानस्थल आफैंमा पर्यटकीय महत्वको स्थल रहेको छ । यहाँ हिउँदमा हुस्सु लाग्दैन । विमानास्थलको रनवे कालोपत्रे गरिएको छ । हिउँद र वर्षाको समयमा पनि यहाँ उडान भर्न कुनै बाधा हुँदैन । त्यसैले नियमित सञ्चालन हुनसक्ने संभावना छ । ओखलढुङ्गाको रुम्जाटार, सोलुखुम्बु र खोटाङका अन्य विमनास्थलको लागि बैकल्पिक विमानास्थल बन्न सक्ने संभावना छ । यहाँबाट सुरु हुने ट्रेकिङ रुटले पनि यसको पर्यटकीय महत्व र संम्भावनालाई बढाइदिएको छ । लासमिडाँडा विमानास्थल भएर पैदलयात्री त आउँछन् नै, सँगसँगै हलेशी महादेव मन्दिरमा दर्शन गर्न भारत,भुटान तथा अनय स्थानबाट आउने स्वदेशी ततथा विदेशी पर्यटकहरूको आवागमन यही विमानास्थलबाट हुने गरेको पाइएको छ ।  

 लामिडाँडा नाम्चे पैदलमार्गः- लामिडाँडा विमानास्थलबाट सगरमाथा बेस क्याम्पजाने पैदन बाटोको सुरु हुन्छ । काठमाण्डौ वा विराटनगरबाट आएका पर्यटकहरू यहाँबाट रावाखोला हुँदै ऐसेलुखर्क, लोखिम सोताङ हुँदै सोलुखुम्बुको नाम्चे बजार जाने छोटो र भरपर्दो पैदलबाटो छ । पाँच किलोमिटर तल बन्ने दुधकोशी जलाशययुक्त जल विद्युत आयोजनाको बाँध र त्यसबाट जम्ने पानीमो रमणीय दृश्य हेर्दै पैदलयात्रा गर्नुको मजा नै भिन्दै हुनेछ ।

बिजुलेबाट दृश्यावलोकनको मजाः- रावाबेसी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित बिजुले भन्ने स्थान वरिपरिको दृश्यावलोकनका लागि महत्वपूर्ण स्थल रहेको छ । रावाबेसीका दिक्तेल जाने बाटोमा लेकखर्कदेखि माथिल्लो भागमा रहेको विजुलेबाट विश्वको अग्लो सगरमाथा लगायतका हिमश्रृङ्खला प्रष्टसँग देख्न सकिन्छ । त्यहाँबाट लामिडाँडा विमानस्थल, ओखल ढुङ्गाको रुम्जाटार विमानस्थल, सोलुखुम्बुको काँगेल विमानस्थलका साथै सोलुखुम्बु, ओखलढु्ङ्गा र खोटाङ जिल्लाका अधिकांश भागको दृश्यावलोकन गर्न सकिन्छ । अझ यहाँ भ्यूटावर बनाउने र होमस्टेको व्यवस्था गर्ने हो भने यस क्षेत्रको पर्यटकीय महत्व अझ बढेर जानेछ ।

ऐतिहासिक गढीहरूः- रावाबेसी गाउँपालिका वडा नम्बर ४को धारापानी र देउरालीमा ऐतिहासिक गढीहरू रहेका छन् । यसबाट यस क्षेत्रमा कुनै बेला राजाको शासन रहेको वा युद्ध भएको अवस्था संकेत मिल्दछ । यी गढीहरू कहिलेका हुन् र कुन शासन व्यवस्था भउको समयमा यहाँ युद्ध भएको थियो भन्ने कुरा अध्ययन गरी निक्योल गर्नसके यो ऐतिहासिक अध्त्तययनको थलो बन्न सक्ने संभावना रहेको छ ।

 धार्मिक महत्वको स्थानः- यस गाउँपािलका क्षेत्रमा धेरै वटा धार्मिक स.स्थाहर रहेका छन् । मन्दिर, देवी थान र चर्चहरू समेत रहेको यस गाउँपािलका वडा नम्बर ६ जुडीमा रहेको महादेव मन्दिर निक्कै प्रख्यात छ । यहाँका मानिसहरू पनि छिमेकी गाउँपािलकाममा रहेको प्रख्यात हलेसी महादेवलाई आराध्यदेवका रूपमा मान्ने गर्दछन् ।

यसप्रकार रावाबेसी गाउँपालिकामा माथि उल्लेखित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरूको साथसाथै अन्य थुप्रै मन्दिर र देवस्थलहरू रहेका छन् । यिनीहरूले यस गाउँपालिकामा आनतरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षमता राख्दछन् ।

चाडपर्वहरू

रावाबेसी गाउँपालिकाका जनताले मनाउने चाड पर्व तथा जात्राहरू  केही आफनै विशिष्ट किसिमका छन् भने केही राष्ट्रिय प्रकृतिका छन् । रावाबेसीका जनताले मनाउने केही प्रमुख पर्व तथा चाडहरू  निम्न अनुसार  ंहेका छन् ।

 दशैंः- दशैं हिन्दू धर्ममा आधारित पर्व हो । यो असोज शुक्ल पक्षको सप्तममी देखि मनाइन्छ । यसमा विशेष गरी शक्तिकी देवीको पूजा आराधना हुन्छ । देवीलाई बली चढाइन्छ र दशमीका  दिनदेखि दुर्गा भवानीको प्रसाद स्वरूप टीका जमरा लगाउने चलन छ । शुरुमा दशैं हिन्दू धमावलम्बीहरूको चाड भए पनि अहिले आएर यो राष्ट्रिय पर्वका रूपमा पहिचान पाएको छ । सबै धर्मका मानिसले राष्ट्रिय पर्वका रूपमा मान्ने गरेको पाइन्छ । पर्वको हिसाबले सबैभन्दा धेरै दिन सरकारी विदा हुने पनि दशैं नै हो ।

 तिहारः- नेपालको दोस्रो ठूलो राष्ट्रिय पर्व तिहार हो । यो कार्तिक कृष्ण औंसीका दिनदेखि तीन दिन मनाइन्छ । तिहार दशैंजस्तै हिन्दू धर्ममा आधारित पर्व हो । यसमा विशेष गरी धनकी देवी लक्ष्मीको पूजा आराधना हुन्छ । लक्ष्मीलाई बली चढाइन्न, फलफूल र नैवैद्य चढाएर र धनसम्पति रुपैयाँ पैसालाई लक्ष्मीका रूपमा पूजा गरिन्छ । औसीका दिन गाईलाई लक्ष्मीको प्रतिक मानेर पूजा गर्ने, राति दीपावली सहित लक्ष्मी पूजा गर्ने प्रचलन छ । । शुरुमा तिहार  हिन्दू धमावलम्बीहरूको मात्र चाड थियो तर अहिले आएर यसले राष्ट्रिय पर्वका रूपमा पहिचान पाएको छ । सबै धर्मका मानिसले राष्ट्रिय पर्वका रूपमा मान्ने गरेका छन् । तिहारमा तीन दिन सरकारी विदा दिने प्रचलन छ । तिहारमा खासगरी यहाँका मगर समुदायका मानिसले हुर्रा नाच्ने गर्दछन् । हुर्रा साँच्चै लोकप्रिय सामूहिक नृत्य हो ।

तीजः- हिन्दू महिलाहरूले भदौ महिनामा पर्ने हरितालिका तीज मनाउने चलन छ । यस पर्वमा विवाह भई आफनो घर गएका छोरी÷चेलीहरूलाई माइतमा बोलाएर विशेष परिकार बनाई खान दिने गरिन्छ । छोरीचेलीहरू भेला भएर माइतीघमा ब्रत बस्ने,रातो साडी र गहनाहरू लगाएर नाच गान गर्ने रमाइलो पर्वकका रूपमा तिजलाई लिइन्छ ।

 पञ्चमी ब्रतः- हिन्दू महिलाले भदौ महिनामा पर्ने हरितालिका तीजपछिको पञ्चमी तिथिलाई ब्रत बसेर विशेष रुपमा मनाउने चलन छ । रजस्वला भएको बेला छोइछाइ भएको छ भने त्यसको पापबाट मुक्ति पाइयोस भन्ने उद्देश्यले रजस्वला भएका विवाहित तथा अविवाहित दुवै महिलाले ब्रत लिन्छन् । यस पर्वमा वर्षको ३६५ दिनलाई सम्झेर गरिने पञ्चमी स्नानको विशेष महत्व छ ।

क्रिसमसः- येशू ख्रिष्टका अनुयायीहरू तथा इसाई धर्मावलम्बीहरू क्रिसमस पर्व धुमधामका साथ मनाउने गर्दछन् ।  यो पर्व अन्तराष्ट्रिय पर्व हो । संसारभरिका इसाईहरूले डिसेम्बर २५ तारेखका दिन यो पर्व मनाउने गर्दछन् ।

 ल्होछारः- यहाँका तामाड र गुरुङ जातिका मानिसहरूले ल्होछार पर्वलाई नयाँ वर्षका रूपमा  धुमधामका साथ मनाउने गर्दछन् । यहाँ दुईवटा ल्होसार मनाइन्छ ।

 उँधौलि/उँभौलिः- नयाँ अन्न भित्र्याउनु अघि नुवाँगी खाँने क्रममा पूजा गर्ने पर्व उँधौधि होे । राई, किरातहरूको यो परम्परागत पर्व यहाँ विशेष धूमधामका साथ मनाइन्छ । उँधौलि  मंसिरे पूर्णिमाको दिन मनाइन्छ । तयसैगरी उँभौलि पर्व पनि सोही समुदायले बंैशाखे पूर्णिमाको दिन मनाउने गर्दछ । बुद्ध पूर्णिमा भएकोले त्यस दिन अझ  धुमधामका साथ नाचगान गरेर पर्व मनाउने चलन छ । उधौलि बाली भित्र्याउने बेला र उँभौलि बीउ छरिसकेपछि बाली सप्रियोस भन्ने कामना गर्दै मनाइन्छ । 

साउने संक्रान्तिः- हरेक वर्ष साउन १ गते वा साउने संक्रान्तिलाई लुतो फाल्ने  पर्वका रूपमा मनाइन्छ । यहाँका बासिन्दाहरू कुरिलो र भलायोको पत्ता सहितको अँगुल्टो बनाएर धूरीबाट कटाएर फालिन्छ । यसरी अगुल्टो फाल्दा लुतो लैजा है भन्दै पुकारा गरिन्छ । यो पर्व क्षेत्री ब्राम्हण पपरिवारदेखि लिएर आदिवासी जनजातिका समुदायले पनि मनाउने गरेको पाइन्छ ।

माघे सङ्ग्रान्तिः- माघे सङ्क्रान्ति विशेष गरी मगर सुमदायका मानिसहरूले नयाँ वर्षको रुपमा चेलीमाइति मिलन गर्दै मनाउने गर्दछन् । यस वर्षमा आउनका लागि माइतिले चेलीलाई माइतिघर आउन निम्ता गर्दछन् । चेलीहरू पनि कोसेलीका रुपमा सेल रोटी , घरेलु मदिरा, अण्डा, मासु, फिलुङ्गेको अचार लिएर जाने गर्दछन् । माइतिले पनि चेलीलाई सम्मना पुर्वक स्वागत गर्दै मीठो मसिनो खान दिने, दक्षिणा उपहार दिने आदि गर्दछन् ।  

होलीः- फागु पुर्णिमाको दिन मनाइने रङको पर्व हो होली वा फागू । यस दिन ःआफन्तजनहरू भेला भएर आपसमा रङ दलादल गरेर रमाइलोसँग मनाउने गरिन्छ ।