रावाबेसी गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको पुर्बान्चल बिकास क्षेत्र अन्तर्गत सगरमाथा अन्चलको जिल्ला मध्य खोटाङ जिल्ला एक हो ।यस जिल्लामा पुर्बमा भोजपुर पश्चिममा ओखलढुंङगा उत्तरमा सोलुखुम्बु  र दक्षिणमा उदयपुर पर्दछन्।लेक र बेसि युक्त पहाडै पहाड भएको जिल्ला हो। रावाबेसी गाउँपालिकाको खोटाङ जिल्ला अन्तर्गतको एक गाउँपालिका हो। खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट ८ कोशको दुरीमा रहेको यस गाउँपालिकाको  तादकालानको ६ वटा गाउँ बिकाश समितिहरु कुभिन्डे ,खार्पा,हौचुर,लामिडाँडा,दुबेकोल र धारापानी मिलेर बनेको हो।यस गाउँपालिकाको चार किल्ला सिमाना हेर्दा  पूर्वमा रुपाकोट माझुवागढी नगरपालिका पश्चिममा  ओखलढुंगा जिल्ला उतर तर्फ ऐसेलुखर्क गाउँपालिका र दक्षिण तर्फ रुपाकोट माझुवागढी  र हलेसी तुवाचुंग नगरपालिका  पर्दछ।

यो  गाउँपालिकाको क्षेत्रफल ९७.४४ वर्ग  कि. मि  रहेको छ।६  वोटा वडाहरुमा बिभाजन गरिएको यस  गाउँपालिका कार्यालय हरमटार ,कुभिन्डे,खोटाङमा अवस्थीत छ ।